बाहिरिन चाहेका नेइमार बिना पिएसजीले गर्‍यो सिजनको सुरुवात, दर्ता गर्‍यो शानदार जित

बाहिरिन चाहेका स्टार खेलाडी नेइमार बिना फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिग वान फुटबलको नयाँ सिजन सुरु गरेको छ ।

साबिक विजेता पिएसजीले नयाँ सिजनको पहिलो लिग खेलमा आइतबार राति निमेसलाई ३–० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि एडिन्सन काभानी, केलियन एमबाप्पे र एन्जल डी मारियाले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको पिएसजीले दोस्रो हाफमा दुई गोल थप गरेको हो । २४ औँ मिनेटमा पाएको पेनाल्टीमा काभानीको गोलबाट अग्रता लिएको पिएसजीका लागि ५६ औँ मिनेटमा एमबाप्पे र ६९ औँ मिनेटमा डी मारियाले गोल गरेका हुन् ।

यो खेलअघि पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले नेइमारको बहिर्गमन सम्बन्धी वार्ता पहिलेको तुलनामा निकै सघन भएको बताएका थिए ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्