मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद देशभरका मस्जिदमा सोमबार मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

विज्ञापन

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काश्मिरी मस्जिदमा नमाज पढी शुभकामना आदान प्रदान गरिरहेकाहरुको रौनक तस्बिरमा समेटेका छन् ।

साउन २७, २०७६ मा प्रकाशित