मोदी र अमित शाहको जोडीले कश्मिरलाई प्यालेस्टाइन बनाए: कांग्रेस नेता मणिशंकर अय्यर

एजेन्सी– आफ्ना विवादित बयानका कारण सधैँ चर्चामा रहने भारतीय राष्ट्रिय कांग्रेसका नेता मणिशंकर अय्यरले मोदी नेतृत्वको भाजपा सरकारले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई प्यालेस्टाइन बनाएको आरोप लगाएका छन्।

अय्यरले नरेन्द्र मोदी र अमित शाहको जोडीले देशको उत्तरी सिमानालाई प्यालेस्टाइन बनाएको आरोप लगाएका हुन्।

अय्यरले एक पत्रिकामा लेखेको लेखमा भनेका छन्, ‘मोदी–शाहको जोडीले यो पढाइ आफ्ना गुरु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहू र यहुदीहरुसँग सिकेको हुन्। उनीहरुले नेतान्याहूसँग काश्मीरीहरुको स्वतन्त्रता, गरिमा र आत्सम्मानलाई कसरी कुल्चने भन्ने सिकेका छन्।’

मणिशंकरले अय्यरले सरकारले जम्मु–कश्मिरबाट संविधानको धारा–३७० खारेज गर्ने घोषणाको चर्को आलोचना गरेका छन्।

एक लामो लेखमा उनले भनेका छन्, ‘नरेन्द्र मोदी र अमित शाहले भर्खरै मात्र हाम्रो उत्तरी सीमानामा एक प्यालेस्टाइन बनाइदिए। यस्तो गर्नका लागि उनीहरुले पहिला उक्त क्षेत्रमा पाकिस्तानले हमला गरेको झुठो प्रपञ्च रचे, ताकि ३५ हजार अतिरिक्त सुरक्षाकर्मीहरुलाई उक्त ठाउँमा तैनाथ गर्न सकियोस्, जहाँ पहिलेदेखि नै लाखौँ सैनिकको उपस्थिति छ। ’

‘यसपछि हजारौँ अमरनाथ यात्री र पर्यटकहरुलाई घाटीबाट जबरजस्ती निकालियो। ४०० स्थानीय व्यापारीहरुलाई गरफ्तार गरी हिरासतमा लिइयो।’ अय्यरले भनेका छन्, ‘यिनीहरुले स्कूल–कलेज, पसल, पेट्रोल पम्म र ग्यास स्टेशनहरु बन्द गराए। जहाँ बाबुआमाले देशको अर्को स्थानमा रहेका आफ्ना बच्चाहरुसँग सम्पर्क गर्न पाइरहेका छैनन्, सञ्चारका सबै साधन ठप्प पारिएको छ।’

आफ्नो लेखमा अय्यरले इजराइल विरुद्धपनि आक्रोश पोखेका छन्। उनले इजराइलले ७० वर्षदेखि प्यालेष्टाइनको विरुद्ध कुर अप्रेशन चलाइरहेको आराेप लगाएका छन्। पश्चिमी साम्राज्वाद र यहुदी वार मिसनको बलमा प्यालेस्टाइनीको लडाइलाई कुल्चिइएको तर प्यालेस्टाइन पटक–पटक उठेको अय्यरको भनाई छ।

नरेन्द्र मोदी र अमित शाहले काश्मीरीलाई जबरजस्ती बन्दुकको भरमा ‘विकास’को नारा दिएकाे उनको आरोप छ।

भारतका पूर्व केन्द्रीय मन्त्री समेत रहेका मणिशंकर अय्यरले कश्मीरका जनताले यस्तो दासताले भरिएको समृद्धिलाई अस्वीकार गरिदिएको दावी गरेका छन्।

उनले लेखमार्फत भनेका छन्, ‘१९६५ मा भारत पाकिस्तान युद्धमा जुल्फीकार अली भुट्टोले कश्मीरमा कुख्यात अप्रेशन जिब्राल्टरको माध्यमबाट घुसपैठ गराएका थिए, तर आम काश्मीरीले उनीहरुलाई बाहिर लखेटिदिए। तर आजको दिनमा यी काश्मीरीहरु कस्तो महशुस गरिरहेका होलान्? उनीहरुको गलामा कस्तो स्तन्त्रता थोपरिएको छ?’

अगाडि मणीशंकरले लेखका छन्, ‘राम्रो दिनको सट्टा संसदले जुन काम गरेको छ, त्यो कश्मीर घाँटीका लागि एक लामो र अध्याँरो रात हो, र सायद देशका अन्य बाँकी भागमा पनि यस्तो हुनेछ। साम्प्रदायिकतालाई बढाउने कोसिस हुनेछ, राजनीतिक तनाव बढ्नेछ, आतंकवाद पैदा हुनेछ, सशस्त्र संघर्षको स्थिति पैदा हुनेछ, गुरिल्ला युद्ध हुन सक्नेछ।

अन्त्यमा अय्यरले लेखेका छन्, ‘सन् १९७१ मा पूर्वी पाकिस्तानमा पनि यही भएको थियो, अब हामी सबै यस्तै एक समस्या आफ्नो शीरमा लिन खोज्दैछौँ, सावधान रहनुहोस्।’

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्