एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौँ– एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।

राजधानीमा सोमबार एक कार्यक्रम गरी एनआईसी एशियाका कर्मचारी र ग्राहकलाई डिजिटल च्यानहरुमार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट दिने सम्झौता भएको हो।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका हुन्।

कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीले बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्