सरकारविरोधी प्रदर्शनका कारण हङकङबाट उड्ने सयभन्दा बढी उडान रद्द

हङकङ- प्रदर्शनकारीहरुको लगातारको प्रदर्शनका कारण हङकङ विमानस्थलबाट उड्न निर्धारित गरिएका सयभन्दा बढी उडान सोमबार रद्द गरिएका छन्।

प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार राति गरेको कारबाहीको विरोधमा उनीहरु हङकङ विमानस्थलमा थुप्रिएका थिए।

सयभन्दा बढी उडान रद्द भएपछि पूर्वी एसियाको यो व्यापारिक केन्द्र प्रभावित भएको छ। हङकङ हुँदै एसियाका थुप्रै ठाउँबाट उडान युरोप तथा अमेरिकासँग जोडिने गरेका छन्।

प्रदर्शनकारीहरु दिनभरिजसो विमानस्थलमा थुप्रिएका छन्।

सरकारविरोधी प्रदर्शनको धर्नाका क्रममा प्रहरीले आइतबार प्रदर्शनकारीहरुमाथि बल प्रयोग गरेको थियो।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्