अब राष्ट्रिय वाणिज्य बैंकको कारोबार कनेक्ट आइपीएस प्रणालीबाटै

काठमाडौँ-राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आइपीएस ई-पेमेन्ट प्रणालीमा आबद्ध भएको छ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाह?बाट प्रवधित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीइस ई–पेमेन्ट प्रणालीमा वाणिज्य बैंक आबद्ध भएको हो।

सो सेवामा आबद्ध भएसँगै ग्राहकह?ले अब डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

सो प्रणालीमा बैंकका ग्राहकले आफ’लाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिक गराई उपलब्ध विभिन्‍न भुक्तानी सेवाह? प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

हाल यस प्रणाली बाट नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी काचेषको भुक्तानी, रकम ट्रान्फर, क्रेडिड कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र सेयर ब्रोकरलाई भुक्तानी लगायतका अन्य विभिन्न सेवा प्राप्त गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्