युवा स्वास्थ्यकर्मीहरुलाई हेल्थ क्रब्सको ‘सामाज रुपान्तरण टिप्स’

चितवन-नेपाल हेल्थ क्रब्सले स्वास्थ्य र समुन्नत समाजको निर्माणको विषयलाई लिएर दुई दिने गोष्टी सम्पन्न गरेको छ । साउन २४ र २५मा भएको उक्त गोस्टीमा दिगो विकास लक्ष्य प्राप्तिका लागी युवा स्वास्थ्यकर्मीको भूमिकाको बिषयमा छलफल भएको थियो।

कार्यक्रममा नेपालभरीबाट बिभिन्न मेडिकल कलेजबाट ४५ युवा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो भने कर्यक्रमको प्रमुख अतिथिका रुपमा चितवन मेडिकल कलेजकी संस्थापक सदस्य ममता शर्मा न्यौपाने र प्रा.डा प्रकास राज रेग्मी रहेका थिए।

दुइ दिने उक्त कार्यक्रममा मेडिकल डाक्टरले तथा स्वास्थ्यकर्मीले ग्रमीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनका लागि कस्तो भूमिका हुन सक्छ त? भन्ने विषयमा केन्द्रित रहेको थियो ।

चितवन मेडिकल कलजेकी स्थापक सदस्यले ममता शर्मा न्यैपानेले विगतमा डाक्टरी पेशाप्रति गरिने सम्मान पछिल्लो समय घटिरहेको र हिजो देउता मानिने डाक्टरलाई आज विभिन्न किसिमका आरोप लागेको बताइन्।

न्यौपानेका अनुसार यसरी डाक्टर प्रति गरिने दुर्व्यवहारको पछाडिको कतिपय डाक्टरहरु जसले आफूलाई नै सर्वश्रेष्ट मान्ने प्रवृतिले गर्दा सम्रग स्वास्थ्य सेवा नै प्रभावित भएको बताइन्। उनले स्वास्थ्य पेशालाई व्यापारी दृष्टिकोणले नर्हेन र मन बचन र कर्मप्रति अटल भएर बिरामीको सेवा गर्नु पर्नेमा जोड दिएकी थिइन्।

प्रा.डा प्रकास राज रेग्मीका अनुसार सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिककको अधिकार हो र यसलाई लिएर सरकार प्रतिबद्ध भएर अगाडी बढ्नु जरुरी रहको छ। डा. रेग्मीले भने,’ गुणस्तरीय स्वास्थ्य सेवाको पहुँँचमा युवाको भूमिका अहम रहन्छ।’

त्यसकारण पनि मेडिकल विद्यार्थीले अब देशको अवस्था बुझेर ग्रमिणमा गएर सेवा प्रदान गर्न अति नै आवश्यक छ। डा. रेग्मीले आफ्नो ग्रमिण क्षेत्रको अनुभवहरु सुनाउदै भने, विकट अनि दुरदराजमा गएर स्वास्थ्य सेवा गर्नुमा छुटै गर्व लाग्‍ने र आत्मसन्तुष्टि मिल्ने बताए।

त्यस्तै नेपाल हेल्थ क्रब्सका अध्यक्ष प्रदिश पौडेलले अब युवाले नेतृत्व तहमा अगाडी बढ्पर्ने र देश विकासमा युवाको पनि समान पहुच हुनुपर्ने माग राखे। नेपालको सन्दर्भमा स्वास्थ्यको पहुँच र गुणस्तरको मध्य नजर राख्दै दुर्गममा स्वास्थ्य सेवाको समान वितरण हुनु पर्नेमा उनको जोड रहेको थियो।

नेपाल हेल्थ क्रब्स एउटा सञ्जाल हो, जहाँ विभिन्न मेडिकल कलेजका तथा रिर्सच सेन्टरका विद्यार्थीहरुको संलग्नता रहेको छ।त्यसका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाद्वारा सञ्चालित रहेको छ।

यूनाइटेड नेसनको दिगो विकासको लक्ष्यको सञ्जालसँग सम्बन्धन प्राप्त भएर नेपाल सरकारलाई २०३० यूनिर्भसल हेल्थ कभरेजको सबैलाई गुणस्तरीय स्वास्थ्य भन्ने नारालाई पूरा गर्नका लागि नेपाल हेल्थ क्रब्सको प्रयासरत रहेको पौडेल जनाएका छन्।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्