धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने छ : मन्त्री भट्टराई

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण सन् २०२० मा धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने बताएका छन् ।

साउनको अन्तिम सोमबार बेलुका पशुपतिनाथको दर्शन गरेपछि पशुपति, बाग्मती र गङ्गा आरतिपछि शुभकामना मन्तव्य व्यक्त गर्दै उनले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपति क्षेत्रको संरक्षण एवम् संवद्र्धनमा सहयोग गर्ने वचनबद्धता जनाए ।

कार्यक्रममा पशुपति क्षेत्रको कोषका सदस्य सचिव डा. प्रदीप ढाकालले गङ्गा आरतिमा भत्तजनको भीड बढ्न थालेकाले स्थान विस्तार गर्न लागेको जाकारी दिए ।

यसैबीच राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपति क्षेत्रको स्थलगत अनुगमन गरको छ ।

अनुगमनको क्रमका समितिका सभापति दीलकुमारी रावल थापाले पशुपति क्षेत्रसँग सरोकार राख्ने निकायका अधिकारीलाई संसदीय समितिमा डाकेर सम्पदास्थल व्यवस्थित बनाउन छलफल गराइने बताए । पशुपति गङ्गा आरतिमा सभापति रावललगायत समितिका अन्य सदस्यको समेत उपस्थिति थियो ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू