मौसमः बदली, वर्षा र चट्याङ्गको सम्भावना कता कस्तो?

काठमाडौँ – देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । तराईका केही क्षेत्रमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै केही ठाउँमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।

विज्ञापन

राति देशका धेरै स्थानमा सामान्य बदली हुने र पूर्वका केही तथा मध्य र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । पूर्वी तराईका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्