
काम गर्ने बेला वा दिनको समयमा बारम्बार अर्ध निन्द्रा लाग्छ वा झकाइन्छ भने त्यो अल्जाइमर रोगको सुरुवाती संकेत हुन सक्ने पछिल्लो एक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानकर्ताका अनुसार दिनको समयमा अधिक झकाउने व्यक्तिमा अल्जाइमर रोग हुन सक्ने देखिएका छ ।
स्मरण क्षयीकरण हुने रोग अल्जाइमरको सुरुवाति चरणमा दिनमा व्यक्तिलाई निन्द्राबाट मुक्त गर्ने मस्तिष्कको भागमा असर पर्न थाल्ने र सोही कारण सामान्य भन्दा बढी झकाउने समस्या देखिने अनुसन्धानकर्ताले बताएका छन् ।
अल्जाइमरको सुरुवाती चरणमा व्यक्तिहरुमा पहिले भन्दा अधिक झकाउने समस्या देखिने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।
स्मरण क्षमता कमजोर हुनु पूर्व व्यक्तिमा दिनमा झकाउने समस्या बढी हुने अनुसन्धानकर्ता डा. लिए ग्रिनबर्गले बताएकी छन् । डा. ग्रिनबर्ग अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको क्यालिफोर्निया विश्वविद्यालय अन्तर्गतको ग्लोबल ब्रेन हेल्थ इन्स्टिच्युडकी सदस्य हुन् र मेमोरी एण्ड एजिङ्ग सेन्टरमा एसोसिएट प्रोफेसर पनि छन् ।
यसअघिका अध्ययनहरुमा अधिक मात्रा व्यक्ति झकाउनुको कारण अल्जाइमर रोगका कारण हुने अवरोधहरुले निन्द्रा बिग्रनु रहेको बताइएको थियो ।
यस्तै निन्द्रामा आउने समस्याहरुले पनि अल्जाइमर बिस्तारलाई सहयोग गर्न सक्ने पनि यसअघिका अनुसन्धानमा भनिएका थिए । तर पछिल्लो अनुसन्धानले झकाउने समस्या वास्तवमा अल्जाइमरको सुरुवाति संकेत रहेको देखाएको हो ।
डा. ग्रिनसहितको अनुसन्धान टोलीले अल्जाइमर रोगबाट ग्रसित भएका १३ जनाको मस्तिष्क, जसको मृत्यु भइसकेको थियो र अल्जाइमर मुक्त सातजनाको मस्तिष्कको अध्ययन गरेर निष्कर्ष निकालेका हुन् ।
अल्जाइमरले मस्तिष्कको त्यो भाग जसले व्यक्तिलाई जागै राख्न सहयोग गर्छ, त्यसलाई आक्रमण गर्ने निष्कर्ष अध्ययनबाट अनुसन्धानकर्ताले निकालेका हुन् ।
अल्जाइमरले सुरुमा व्यक्तिलाई दिनमा जागै राख्ने मस्तिष्कको भागमा आक्रमण गर्ने भएकाले झकाउने समस्या अधिक हुने अनुसन्धानकर्ताले बताएका छन् ।