सुनको मूल्य उकालो लाग्दै, पुग्यो तोलाको ७१ हजार

काठमाडौँ – सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।

साताको पहिलो र दोस्रो दिन छापावाला सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्