इबोलाको उपचार सम्भव, दुई औषधिको प्रभाव राम्रो

इबोलाको उपचार सम्भव हुने र रोकथाम गर्न सकिने सम्भावना बढेको वैज्ञानिकहरुले बताएका छन्।

इबोला विरुद्धका दुई औषधिको परीक्षणमा निकै सकारात्मक नतिजा आएको र रोगको उपचार वा रोकथाम सम्भव देखिएको वैज्ञानिकको भनाई छ । परीक्षण गरिएका औषधिको प्रयोगबाट इबोला संक्रमितलाई निको हुने र बाँच्ने दर राम्रो देखिएको छ ।

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । सो क्षेत्र चार प्रकारका औषधि परीक्षण गरिएकोमा दुई औषधिको नतिजा सकारात्मक आएको हो ।

प्रभावकारी औषधिको प्रयोग गरेर सुरुवाति चरणमै उपचार गरिएमा ९० प्रतिशत भन्दा बढी इबोला संक्रमितलाई निको हुने देखिएको अनुसन्धानमा उल्लेख छ ।

प्रभावकारी नतिजा देखाएका औषधिको प्रयोग अब कंगोका सबै इबोला संक्रमितमा प्रयोग गरिने स्वास्थ्य अधिकारीले बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेम्सिअस डिजिजेज (एनआइएआइडी) को सहकार्यमा कंगोमा ती औषधिहरुको परीक्षण भएको हो । इबोला विरुद्धको अभियानमा दुई औषधिहरुको नतिजा निकै राम्रो आएको एनआइएआइडीले बताएको छ ।

आरइजिएन–इबी थ्री र एमएबी १४४ नाम गरेको औषधिको नतिजा राम्रो देखिएको हो । यी एन्टिबायोटिकले इबोला भाइरसलाई आक्रमण गर्ने गरेका छन् । यी औषधिले इबोला भाइरसको प्रभाव मानव कोषमा न्युट्रलाइज गर्ने देखिएको छ ।

अहिलेसम्म भएका परीक्षण मध्ये यी औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको डा. एन्थोनी फाउकीले बताएका छन्।

कंगोमा हाल फैलिएको इबोला संक्रमणका कारण १८ सय जना भन्दा बढीको ज्यान गइसकेको छ।

परीक्षणमा प्रयोग गरिएका जेडएमएप र रेमडेसिभर नाम गरेका औषधि भने ‘ड्रप’ गरिएका छन्।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्