अमेरिकी दूतावासले फेरि बोलाएर क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ । क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले मंगलबार बिहान भिसा दिएको थिएन ।

त्यसपछि उनले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए।

दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो ।

लामिछाने अमेरिकामा हुने क्रिकेट प्रतिस्पर्धामा सहभागी हुनका लागि अमेरिका जाने तयारीमा छन्।

बिहान पहिलो पटकको अन्तर्वार्तामा भिसा नपाएपछि सन्दीपले आफूले सबै कागजात पूरा गर्दा पनि भिसा नपाएको बताएका थिए ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्