एनआईसी एशिया बैंक र भन्सार विभागबीच सम्झौता

काठमाडौँ–एनआईसी एशिया बैंक लिमिटेड र नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्र्नेे उद्देश्यमा सहकार्य गर्दै यस एन आई सी एशिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै बैंकले जानकारी दिएको छ।

सो सम्झौता सँगै नेपाल–भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात नियात सम्बन्धीत कारोबारका लागि बैंकका सेवाग्राहीले छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्