प्रधानमन्त्री निवास अगाडि प्रहरी र आरक्षण बचाऊ आन्दोलनकारीबीच झडप

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गर्दै आरक्षण बचाऊ आन्दोलन'का अभियन्ताहरु। उनीहरुलाई जातीय संघसंस्थाहरुले समेत साथ दिएका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- लोकसेवा आयोगको विज्ञापनविरुद्ध ‘आरक्षण बचाऊ आन्दोलन’ पक्षले मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन्।

आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका हुन।

प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रदर्शनकारीहरु सामान्‍य घाइते भएका छन्।

यसअघि लोकसेवा आयोगको कार्यालय अगाडि, भद्रकाली, बानेश्वरलगायतका विभिन्‍न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नयाा विज्ञापन जारी गर्न माग गरेका छन्।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू