हङकङ विमानस्थलबाट सबै उडानहरु रद्द

हङकङ विमानस्थलले दोस्रो दिन मंगलबार पनि यहाँबाट उड्ने सबै विमानहरुको उडान रद्द गरेको छ।

प्रदर्शनकारीहरुले विमानस्थलकै मुख्य प्रवेशद्वारमै धर्ना दिइरहेका कारण उडान रद्द भएका हुन्।

विज्ञापन

सोमबार पनि प्रदर्शनका कारण हङकङ विमानस्थल ठप्प भएको थियो।

हङकङ एसिया तथा पूर्वी एसियाबाट अमेरिका वा युरोप जान एक लोकप्रिय विमानस्थल हो।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्