वडा सदस्यका छोरा एकलाख घुससहित पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम-जनकपुरधामबाट वडासदस्यको छोरा घुससहित पक्राउ परेका छन्।

महोत्तरीको भंगाहा नगरपालिका ८ का वडाध्यक्ष मो. रफिक आलम र वडा सदस्य कारी साहले घुष वापतको रकम लिन पठाएको वडा सस्यको छोरा मुकेश साह जनकपुरधामबाट घुससहित पक्राउ परेका छन्।

उपभोक्ता समितिका पदाधिकारीसंग सडक तथा नालाको ढलानबापत माग गरेको १ लाख ६० हजार घुस लिदैगर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

उनलाई जनकपुरधाम वडा-९ पीडारी चोक स्थित राष्ट्रिय बाणिज्य बैंकबाट पक्राउ गरिएको अखतियार दुरुपयोग अनुसन्धान अयोग बर्दिबाँसका सूचना अधिकारी हरीप्रसाद घिमिरेले जानकारी दिए।

पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ उनले बताए।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्