सर्पले डस्दा महिलाको मृत्यु

सांकेतिक तस्बिर

बुटवल-रुपन्देहीमा सर्पले डसेर एकजनाको मृत्यु भएको छ।

सैनामैना नगरपालिका वडा न. १० पानबारी निवासी ५० वर्षकी सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए।

दाँत सफा गर्दै घरको छेउमा हिडिरहेकी सुकमायालाई एक्कासी खुट्टामा विषालु सर्पले डसेको थियो।

उपचारका लागि उनलाई बुटवलको लुम्बिनी प्रादेशिक लुम्बिनी अस्पताल ल्याइएको थियो।

अस्पताल ल्याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्