सपिङ कम्प्लेक्समा लागेको आगो नियन्त्रण, क्षति विवरण आउँदै

पोखरा – पोखराको न्यूरोडस्थित एस मिनि मार्केट (सपिङ कम्प्लेक्स)मा लागेको आगलागी नियन्त्रणमा आएको छ।

दिउँसो ४ बजे एक्कासी लागेको आगो १ घन्टा पछि दमकल, पानी ट्यांकर र सुरक्षा निकायको प्रयासपछि नियन्त्रणमा आएको हो।

आगलागीबाट मार्केटमा सञ्चालनमा रहेका २३ सटरर र मालसामनमा क्षति पुगेको छ।

मार्केटमा कार्पेट (फर्म)को मात्रै १० वटा जति सटरहरु थिए।

आगो शुभ युनिफर्म होम डेकोरेसनबाट सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

इलेक्ट्रोनिक्स, फलफूल, जुस, खाजा घर, चश्मा पसल, फेन्सी पसल लगायत सञ्चालनमा रहेको स्थानीय अन्तिम पौडेलले जानकारी दिए।

आगलागी भएको झन्डैं २० मिनेटपछि मात्रै पोखरा महानगरपालिकाको दमकल पुगेको थियो।

तीनवटा दमकललाई १० भन्दा बढी पानी ट्यांकरले आगो निभाउन सहयोग गरेका थिए।

आगलागीको कारण पत्तो लागिसकेको छैन।

क्षति विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू