नेपाल-जापान उडान अगस्ट २९ देखि

फाइल तस्बिर

लामो समय रोकिएको काठमाडौं -जापान हवाई उडान यही अगस्ट २९ बाट सुरु हुने भएको छ। नेपाल एयरलाइन्सले चार महिना अघि सम्झौता गरेअनुसार पुनः जापानको ओसाकाका लागि उडान भर्ने भएको हो।

जुनबाट उडान सुरु गर्ने भनिएकोमा यात्रु अभावमा त्यो रोकिएको थियो।

विज्ञापन

अब सातामा दुई पटक जापानका लागि उडान भर्न आरए सक्षम हुने आरएले दाबी गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले दावी गरे।

नेपाल एअरलाइन्सको कमजोर बन्दै गएपछि जापान लगायत जर्मनी, फ्रान्स, बेलायत लगायत मुलुकहरूमा भर्दै आएको उडान स्थगित भएको थियो।

यस्तै श्री एरलाइन्सले पनि छिट्टै भारतको बनारसका लागि उडान भर्ने भएको उनको भनाइ छ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्