सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना: एक वर्षमा ६३ हजार सवारी साधन कार्वाहीमा

धनगढी- सुदुपश्चिम प्रदेशमा गत आर्थिक बर्ष २०७५-०७६ मा ६२ हजार ७ सय ६ सवारी साधन कार्वाहीमा परेका छन्। सवारी दुर्घटना सँग-सँगै बर्षेनी ट्राफिक नियम उल्लङ्घनका घटना पनि बढ्दै गएका हुन।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको पछिल्लो तिन बर्षको तथ्यांक हेर्दा बर्षेनी ट्राफिक नियम उल्लङ्घनका घटना बढ्दै गएका देखिएको छ। आर्थिक बर्ष २०७३÷७४ मा सुदुरपश्चिमका नौ वटै जिल्लामा ४७ हजार ७ सय ३६ सवारी साधन कारबाहीमा परे भने आर्थिक बर्ष ०७४-०७५ मा गएर यो संख्या बढेर ५७ हजार ५ सय ३४ पुगेको छ।

यस्तै यो संख्या बढेर गत आर्थिक बर्ष ०७५÷०७६ मा ६२ हजार ७ सय ६ सवारी साधन कार्वाहीमा परेका छन। कार्वाही पर्ने सवारी साधनको संख्या बढेसंगै राजस्वमा पनि बृद्धि भएको छ।

आर्थिक बर्ष ०७३÷७४ मा कार्वाहीमा परेका सवारी साधनहरुवाट जरिवाना बाफत २ करोड ७५ लाख १३ हजार रुपैया राजश्य संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा कारबाहीमा परेका सवारी साधनहरुवाट ३ करोड ३० लाख ७४ हजार ५ सय रुपैया संकलन गरेको छ।

यस्तै गत आर्थिक बर्ष ०७५÷०७६ मा प्रदेश भरि कार्वाहीमा परेका सवारी साधनहरुवाट ३ करोड ६५ लाख ५८ हजार रुपैया राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्राफिक कार्यालयका अनुसार कार्वाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन्।

हेलमेट नलगाउने , आवश्यक कागजात नबोक्ने , लाइसेन्स नभएका लगायतका ट्राफिक नियमको उल्ङ्घन गरेकाले मोटर साइकल चालकहरु कार्वाही परेका हुन्।

यस्तै सिट क्षमता भन्दा बढि यात्रु बोक्ने , कागजात नबोक्ने , निषेद गरिएको ठाउँहरुमा चलाउने जिप चालक कार्वाहीमा परेका छन्। त्यसपछि बस , ट्रक , ट्याक्टर लगायतका सवारी साधनहरु कार्वाहीमा परेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

सुदूरपश्चिममा गत आर्थिक बर्ष २०७५÷०७६ मा प्रदेशभरी २ सय ३४ वटा सवारी दुर्घटनामा परी २ सय २३ जनाले ज्यान गुमाएका छन्।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्