अध्यक्ष घिमिरे भन्छन्, 'पिच निर्माण कार्यमा भ्रष्टाचार भएको छैन'

अझै अलपत्र छ मोरङ्गको बैजनाथपुर क्रिकेट मैदान

मोरङ्गको बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा निर्माणाधीन क्रिकेट मैदान र त्‍यसमा गरिएको पीच। तस्बिर- अभयकुमार राई/देश सञ्‍चार

मोरङ- मोरङ्गको बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा निर्माणाधीन क्रिकेट मैदान र पिचमा आर्थिक अनियमितता नभएको गठित उपभोक्ता समितिले जनाएको छ।

बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समिति एवं जिल्ला फुटबल संघ मोरंगका अध्यक्ष नविन घिमिरेले क्रिकेटको मैदान र पिच बनाउने कार्यमा कमसल सामाग्री प्रयोग नभएको दाबी गरे।

मंगलबार निर्माणस्थलमा आयोजित पत्रकार सम्मेलनका क्रममा निर्माणकार्यका क्रममा भ्रष्टाचारको कुरा आएको सन्दर्भमा उनले भने, काम नै नभई विभिन्न शीर्षक बनाएर बिल भौचर पेस गरी रकम हिनामिना गरेको सन्दर्भमा हाम्रो टिम क्लियर छ।त्यसको बिल भपाई हेर्न सकिन्छ।

सम्बन्धित निकाय र प्रदेश सरकारलाई समेत विल भर्पाइ उपलब्ध गराइसकेको बताएका अध्यक्ष घिमिरेले आफूहरु नाफा कमाउने भन्दापनि गुणस्तर कामका लागि प्रतिवद्ध रहेकाछौ। हामी खराब नियतका साथ अघि बढेका छैनौ।

आफूहरुको स्पस्ट धारणा मोरंगमा क्रिकेट र मैदानलाई स्तरोन्नती गर्नु रहेको बताएका घिमिरेले जेठमा निर्माणका लागि प्रदेश सरकार समाजिक विकास मन्त्रालयमातहतमा भएको स्पस्ट पारे। वर्षायाममा काम सुरु गरेको हाल निर्माणाधीन पिचको काम अघि बढाउन नसकेको उनले बताए।

यस मैदानमा पाँच वटा अन्तर्राष्टियस्तरको पिच निर्माण गर्ने सम्झौता भए अनुसार ब्यवस्थापन समितिले भारतको मुम्बईस्थित क्युरेटर सन्तोष सिंहलाई झिकाएका थियो। यसक्रममा मन्त्रालय मातहतबाट ८५ लाख रुपैया विनियोजन भएको थियो।जसमा ४३ लाख रुपैया मैदान र पिचका लागि र बाँकी ४२ लाख रुपैयाको क्रिकेट मैदानका लागि आवश्यक मेसिन सामाग्री खरिद गर्ने तय थियो।

अध्यक्ष घिमिरेका अनुसार सो क्रममा पिच बनाउने क्रममा २६ लाख ५७ हजार रुपैया खर्च भएको र बाँकी १६ लाख ४३ हजार रुपैया ब्यवस्थापन समितिले फिर्ता गरेको थियो। हाल पिच निर्माण कार्य रोकिएको सन्दर्भमा अध्यक्ष घिमिरेले फिर्ता भएको रकमका लागि मन्त्रालयमा कुरा राख्ने बताए।

मन्त्रालय सकारात्मक नभए केही महिनाभित्र नत्र, जिल्ला क्रिकेट संघ मोरंगले अन्य संघसंस्थासंग सहयोग माग्दै निर्माण कार्य पुरा गर्ने उनको भनाइ छ।

त्यसैगरी, ४२ लाख रुपैयाँमा आधुनिक घाँस काट्ने मेसिन ठूलो र सानो गरी ३ वटा, पिचको घाँस काट्ने विषेश मेसिन १ वटा, पिच छाप्नका लागि जुट र प्लाष्टिका कभर २–२ थान र पूरै मैदान ढाक्नका लागि कभर ३ थान खरिद भइसकेको छ।

अन्तर्राष्ट्रियस्तरको पिच निर्माणका क्रममा हाल अढाइ फिट गहिरो खाल्डो खनेरे इटा, फोड्वा गिट्टी, बालुवा प्रयोग गरिएको छ।

यसपछि अब सो संरचनामा पहेंलो माटो, कालो माटो र रातो माटो प्रयोग हुन्छ भने त्यो पनि परीक्षण गरेर मात्र प्रयोगमा आउने ब्यवस्थापन समितिको भनाइ छ ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू