च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

जाजरकोट- जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन्।

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो।

विज्ञापन

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्