पहिला गौचरन, अहिले क्रिकेट मैदान

मैदान बनेपछि डेरा गरेर क्रिकेट सिक्दै

दाङ-राहुल सिंहको घर भारत उत्तर प्रदेश हो। तर, उनी तिन बर्ष देखि लमहीमा क्रिकेट अभ्यासको लागि यहाँ बस्दै आएका छन्। लमहीमा क्रिकेट खेलको पूर्वाधार थपिदै जाँदा स्वदेशी खेलाडी मात्रै होइन, विदेशी खेलाडी अभ्यासको लागि डेरा लिएर बस्न थालेका छन्।`यहाँ राम्रो मैदान छ। त्यहीँ भएर सिक्न आएको हुँ´उनले भने-`डेरा लिएर क्रिकेट सिक्दै छु। म सहित चार/पाँच जना साथीहरु छौँ।´

देउखुरी स्थानीय खेलाडीहरुका लागि मात्रै हैन, बाह्य जिल्ला हुँदै भारतबाट समेत यो खेल मैदानमा खेलाडीहरुले अभ्यास गरिरहेका छन्।सचिव रिजालका अनुसार भारतका केहि खेलाडीहरु लमहीमै बसेर यहि खेलमैदानमा अभ्यास गरिरहेका छन्।

विज्ञापन

‘यो खेल मैदान तयार भएपछि लमही क्षेत्रका खेलाडीहरुका लागि मात्रै हैन, बाहिरी जिल्ला तथा भारतीय खेलाडीहरुका लागि अभ्यास गर्ने उचित थलो बनेको छ,’रिजालले भने- ‘भारतीय केहि खेलाडीहरु पनि लमहीमै बसेर यहि खेलमैदानमा नियमित अभ्यास गरिरहनु भएको छ।’

स्थानीय स्तरमा पनि खेलाडीहरु उत्पादन हुन थालेका छन।लमहीमा अन्तर्राष्ट्रिय मापदण्ड पुगेको मैदान निर्माण भएपछी खेलाडीहरु आकर्षित भएका छन।`खेतको गरा, बाटोमा खेल खेल्दै आयौ।अहिले मैदान बनेर धेरै सजिलो भयो´क्रिकेट खेलाडी तामबहादुर बुढाले भने-`यो मैदानमा अब राष्ट्रिय स्तरका प्रतियोगिता नियमित गराउन ध्यान दिनुपर्छ।´

कुनै समय ढुंगै ढुंगाको मैदान थियो।संरक्षण थिएन।गाई चरण गर्ने थलो बनेको थियो।संरक्षणमा चासो थिएन।तर, अहिले त्यही ढुंगै ढुंगाको मैदानले रुप फेरेको छ।अहिले यो मैदानको राष्ट्रिय स्तरमा चर्चा सुरु भएको छ।

केहि समय अघि मात्रै आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला क्रिकेट प्रतियोगीता सम्पन्न भएको थियो।यति मात्रै हैन, स्थानीय स्तरमा पनि अब्बल खेलाडी उत्पादन गर्ने गतिलो थलो समेत यो मैदान बनेको छ।

‘यति ठूलो खेल मैदानको सदुपयोग हुन नसक्दा यहाँका खेलाडीहरुलाई खेल सिक्ने अवसर पनि मिलेको थिएन,’ देउखुरी क्रिकेट संघका सचिव रिजालले भने‘अहिले विहान र बेलुकाको समयमा देउखुरीका खेलाडी साथीहरुले यहि खेलमैदानमा खेल्ने अवसर प्राप्त गर्नु भएको छ।’

उचित खेल मैदान नहुँदा स्थानीय खेलाडीहरु ढुंगै ढुंगा भएको डाँडामा खेल अभ्यास गर्दै आएका थिए।‘दुई बर्ष यता यो खेल मैदान निर्माणले राम्रोसंग गति लिन पायो, अब यो खेलमैदान अन्तर्राष्ट्रिय खेल सम्पन्न गर्नका लागि अन्तिम अवस्थामा पुगेको छ,’ सचिव रिजालले भने-‘महिला राष्ट्रिय प्रतियोगीता पनि भर्खरै मात्रै यहि मैदानमा सम्पन्न भैसकेको छ ।’

३५ हजार दर्शकले अवलोक गर्न सक्ने क्षेमता रहेको यो खेल मैदानको सबै काम पुरा भैसकेको छ।मैदानमा ५ वटा पिच तयार भएका छन्।यस अलावा खेल अभ्यास गर्नका लागि छुट्टै पीचको समेत निर्माण गरिएको छ।‘खेल मैदान भित्रको काम सबै सकिईसकेको छ,’ सचिव रिजालले भने‘बाउन्ड्री लगाएत बाहिरी भौतिक संरचनाको निर्माणको काम मात्रै अब बाँकी छ, यि कामहरु पनि भैरहेका छन् ।’

यो खेलमैदानको निर्माण लमही नगरविकास समितिको अगुवाईमा भैरहेको छ।नगर विकास समितिले सुरुमा यो खेल मैदान निर्माणका लागि दुई करोड बढि रकम विनियोजन गरेको थियो।यसैगरि संघीय सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो।अहिले नगर विकास समितिले खेल मैदानको भौतिक संरचना निर्माणका लागि साढे तीन करोढ बजेट विनियोजन गरेको छ।

यसैगरि संघीय सरकारले एक करोड रकम विनियोजन गरेको छ।यो खेलमैदानका लागि यो बर्ष बजेट विनियोजन नगरेको प्रदेश सरकारले गत आर्थिक बर्षमा भने ७५ लाख रकम विनियोजन गरेको थियो।उक्त बजेट मध्य २५ लाख रुपैयाँ लमही नगरपालिकाले समयमा काम गराउन नसक्दा फ्रिज भएको थियो।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू