मौसमः दिनभर घाम लाग्छ? बदली र वर्षाको सम्भावना कुन क्षेत्रमा कस्तो?

काठमाडौँ – देशको मध्य तथा पूर्वी तराईका क्षेत्रमा हाल आंशिक बदली तथा अरु क्षेत्रमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।

देशका धेरैजसो स्थानमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।

विज्ञापन

काठमाडौँ उपत्यकामा बिहानै घाम लागेको भए पनि अपराहन्नपछि बदली भइ केहीबेर पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

बुधबार राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्