७३ औँ स्वतन्त्रता दिवस मनाउँदै पाकिस्तान

काठमाडौँ – पाकिस्तानले आफ्नो ७३ औँ स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमकाबीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो ।

७३ बर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । दूताबासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाईचाराको कामना गरेका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्