अन्तर्वार्ता

‘इभेन्ट सोलुशन’ नामै काफी छः सिइओ प्रधान

‘इभेन्ट सोलुशन’ नामै काफी छः सिइओ प्रधान

काठमाडौँ – विभिन्न इभेन्ट आयोजना भइरहँदा व्यवस्थापकीय कमजोरीले समग्र कार्यक्रम नै खल्लो हुने गर्छ । प्रशस्त बजेट, समय र श्रम दिँदा समेत कुनै न कुनै कमजोरी हुन्छ र कार्यक्रमको गुणस्तरीयतामाथि नै प्रश्न उठ्छ ।

तर यस्ता कमजोरी हुन नदिने दाबीसहित ‘इभेन्ट सोलुशन’ ले काम गरिरहेको छ । थुप्रै सानाठूला कार्यक्रमको व्यवस्थापन अनुभव संगालेको इभेन्ट सोलुशनका सिइओ विजय प्रधानसँग देश सञ्चारकी पूर्णिमा बिकले कुराकानी गरेकी छन् ।

इभेन्ट सोलुशन भनेको के हो ?

इभेन्ट सोलुशन भन्दा पहिले म काठमाडाैँ एक्जिबिशनको प्रमुख थिएँ। र काठमाडौँ एक्जिबिशन म एक्लैले चलाइरहेको थिएँ। एक्लैले चलाउने क्रममा जुन बिजनेस एक्सपाण्ड गर्नु पर्ने हुन्छ। त्यो गर्नलाई गाह्रो भएकाले मैले साथीहरुसँग सहकार्य गरे त्यहि सहकार्यबाट नै इभेन्ट सोलुशनको जन्म भएको हो।

यसको जन्म भइसकेपछि हामीले पहिले काठमाडौँ एक्जिबिशनमा मात्र फोकस गरेका थियौँ भने अहिले इभेन्ट शोलुसनले चाहिँ इभेन्टको सोलुशन गर्छ। इभेन्टको लागि डिजाइनिङ, चाहिने सामान सबै हामी उपलब्ध गराउने हैसियत कायम भएको छ। अधिकांश इभेन्टमा हामी सहभागी भइरहेका हुन्छौँ । अहिलेको सन्दर्भमा नेपालको ठूलो एक्जिबिशन ठूला इभेन्टहरुमा हामी कुनै न कुनै रुपमा सहभागी हुँदै आइरहेका छाैँ।

संस्थाको नाम नै छ इभेन्ट सोलुशन, कसरी सोलुशन हुन्छ ? त्यसका आधारहरु केके हुन्?

यदि कुनै संस्थाले कुनै कार्यक्रम गर्छ या कुनै प्रडक्ट लन्च या कुनै संस्था सम्बन्धी जानकारी दिने विचार आयो भने त्यो इभेन्ट भन्ने बित्तिकै त्यहाँ धेरै कुरा जोडेर आएको हुन्छ। इभेन्ट चाहिने सामानहरुको कहाँ–कहाँबाट उपलब्ध गराउने एउटै विषयमा एउटै थलोबाट हामी सबै पूरा गछौँ।

जस्तै त्यहाँ स्टेज डिजाइनको कुरा आउँछ। त्यो स्टेज डिजाइन हामी गर्छाैँ त्यो डिजाइन भएपछि स्टेजमा चाहिने अन्य सामानहरु पनि हामी उपलब्ध गराउँछौँ।
अधिकांश सामान हामीसँग छन् ।

त्यो भन्दा बाहेक केही चाहियो भने पनि हामी बाहिरबाट व्यवस्थापन गछौँ । इभेन्टका लागि चाहिने भिजिटिङ कार्ड आइडी कार्डहरु, साउण्ड सिस्टम, सेक्युरिटी, बाउन्सर, एक्जिबिसनका लागि चाहिने स्टल, र मिडियाका लागि चाहिने कोडिनेशन सबै हामीले एउटै थलोबाट मिलाउने गर्छाैँ।

यो सबै उपलब्ध गराउँदा आयोजक र ग्राहकलाई के फाइदा हुन्छ?

इभेन्ट गर्ने क्रममा मानिसहरु सफल हुने हो वा होइन, केही बिग्रने पो हो कि भनेर चिन्तामा हुन्छन् । यति धेरै चिन्ता हुन्छ कि यो सामान काहाँबाट ल्याउने, त्यो कहाँबाट ल्याउने कसलाई सम्पर्क गर्ने यी सबै इभेन्ट ग्राहकका लागि महाभारत हुन्छ भने हाम्रा लागि त्यो सानो विषय हो ।

ग्राहक हामीसँग सम्पर्कमा आइसकेपछि हामी उनीहरुलाई सबै कुरा भन्छौँ । ग्राहक ढुक्क हुने समय पाउँछन्। इभेन्ट सोलुशनले ग्राहकको समय बचत गर्छ । उदाहरणका लागि कुनै सानो पार्टी आयोजना गर्नका लागि मानिसहरु सामान खरिद गर्न जान्छन् ।

तर सबै सामान नपाएर दिक्क मानिरहेका हुन्छन् । जसले गर्दा समय र पैसा र श्रम नोक्सान भइरहेको हुन्छ । तर अहिले अहिले क्याटरिङ्ग व्यापार आइसकेपछि सबै कुरा एउटै ठाउँमा हुने भएकाले त्यसमा पनि कुनै चिन्ता छैन ।

इभेन्ट सोलुशनले क्याट्रेङ मात्र होइन सबै सुविधा उपलब्ध गराउने गर्छ। कार्यक्रम जन्माउने काम आयोजकको हो। तर त्यसलाई हुर्काउने, राम्रो र विशेष बनाउने काम इभेन्ट सोलुशनको हो।

इभेन्ट सोलुशनलाई थप व्यवस्थित बनाउन कस्ता योजनाहरु छन्?

इभेन्ट सोलुशनले पहिले चाइनाबाट ल्याएको ह्याङगर भाडामा उपलब्ध गराउने गरेको थियो। त्यहाँबाट सूरु भएको यात्रा त्यसपछि हामीले विभिन्न मेलाहरु आयोजना गर्दै गर्‍याैँ। पहिलो एक्स्पोको रुपमा हिमालयन हाइड्रो एक्स्पो जुन नेपालको इतिहासमा पहिलो ठूलो एक्स्पोका रुपमा लिइन्छ। त्यसैगरी एक्स्पो आयोजना गर्ने देखि लिएर एजिएमहरु र प्लक लन्चिङहरु साथै साथै गर्दै गयौँ ।

अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने इभेन्ट सोलुशनले विभिन्न होटल क्षेत्रमा भइरहेका शिक्षा क्षेत्रका भएका एक्जिविसनमा स्टलहरु दिइरहेका छौँ र अहिले त्यो दिनचर्या जस्तो भइरहेको छ। यो बाहेक दसैँ अगाडि हामी नाडा एशोसिएसनमा ह्याङ्गर उपलब्ध गराएर सहभागी हुनेछौँ ।

त्यो बाहेक हामीले स्टक क्लिअरेन्स फेयर गर्दैछौँ । त्यसमा हामी आफूसँग भएका स्टकहरु बिक्री गर्ने लाने र त्यो स्टक क्लियर गर्दा खेरी कमसेकम उपभोक्तालाई सस्तो र फिक्स मूल्यमा बेचोस् भन्ने उद्देश्यले त्यहाँ लाँदैछौँ । त्यसैगरी फनेक्स एक्स्पो पनि हामी आयोजना गर्ने तयारीमा छौँ । त्यस्तै दसैँलाई लक्षित गरेर फेस्टिभल सपिङमार्ट सञ्चालन गर्दैछाैँ ।

चुनौति के के छन्?

चुनौतिको कुरा गर्नु पर्दा अन्य कुरा भन्दा पनि स्थानको समस्या छ। भृकुटीमण्डपमा कहिल्यै जान नपरोस् जस्तो लाग्छ । तर, आफ्नो क्षेत्र नै त्यहि प¥यो। र भृकुटीमण्डप नगई हामीलाई सुख नै छैन। व्यापार गरिरहेकाले त्यो क्षेत्रमा जानु पर्‍यो। मण्डपको हलमा कुनै सुविधा छैन।

शौचालय, बिजुली, पानी र सरसफाई लगायतका कुराको समस्या छ। त्यस्तो स्थानमा विभिन्न कार्यक्रम गर्नु पर्ने बाध्यता छ। त्यहाँ मेला गर्दा आयोजकले कति गाली गरेका छन् भने कतिपय आयोजक फर्केर आउँदैनन्।

अन्य देशहरुमा भने बिजनेशका लागि छुटै हब हुन्छन्। तर हामो देशमा त्यस्तो वातावरण छैन। यदि मण्डपलाई नै विजनेश हबका रुपमा प्रस्तुत गर्ने हो भने सरकारको अर्थतन्त्र पनि बलियो हुन्थ्यो।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू