तस्करीको लाइन खोल्न प्रहरीलाई घुस दिन खोज्दा थुनामा

वीरगञ्ज – तस्करीको लाईन खोली दिनका लागि प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन । प्रहरीलाई घुस दिन खोज्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ वस्ने ३५ वर्षीय उपेन्द्र प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यादवले इलाका प्रहरी कार्यालय जीतपुर बारामा भारतबाट कुखुरा ल्याई नेपालको विभिन्न ठाउँमा ओसार पसार गर्ने काम गर्छु भनि मासिक रुपमा घुस बापत पैसा दिन खोजेका थिए ।

विज्ञापन

घुस बापतको पैसा प्रहरीलाई दिन खोज्दा प्रहरीले तपाई खुरुक्क यहाँबाट जानुहोस् भन्दा यादवले तपाई हामी सबै मिली पैसा कमाउनु पर्छ तपाईले नखाए पनि हामीले जसरी पनि काम गर्छौ भन्दै रु १० हजार घुस दिन खोज्दा नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक रञ्जित सिँह राठौरले जानकारी दिए ।

यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको राठोरले बताए ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्