करेन्ट लागेर महोत्तरीमा एक जनाका मृत्यु

सांकेतिक तस्बिर ।

जनकपुरधाम– करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान सिमेन्ट बोकेर जनकपुरधामबाट भ्रमपुरतर्फ जाँदै गरेको ट्रकको त्रिपाल खोल्ने क्रममा करेन्ट लागेर लोहरपट्टी नगरपालिका–७ भ्रमपुरा चोकमा ट्रकका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार करेन्ट लागेर कटहरीया नगरपालिका–८ बस्ने अन्दाजी २३ वर्षीय उमेश दासको मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका दासको जानकी हेल्थ कयर एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्