सुदूरपश्चिम सरकारले दियो जनै पूर्णिमाकाे अवसरमा सार्वजनिक विदा

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाकाे अवसरमा बिहीबार सार्वजनिक बिदा दिएकाे छ।

संघीय सरकारले जनै पूर्णिमाको विदा कटौती गर्दा प्रदेश सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारको यही साउन २२ गते बसेको मन्त्रिपरिषदकाे बैठकले जनै पूर्णीमाका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

जनै पूर्णिमा तथा रक्षा बन्धनका दिन तराईमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने परम्परा छ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्