११ बुदेँ घोषणापत्र जारी गर्दै युवा उद्यमशीलता सम्मेलन सम्पन्‍न

काठमाडौँ-११ बुदेँ घमेषण पत्र जारी गर्दै नेपाल युवा उद्यमशीलता सम्मेलन सम्पन्‍न भएको छ। ४३ जिल्लाका ५ सय युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुदें घोषणपत्र सम्मेलनमा जारी गरिएको हो।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सह आयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धिबारे समापन सत्रमा बोल्दैं समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले विगतका कमीकमजोरी र गलत प्रवृतिका कारण युवाहरुले विदेश पलाएन हुनु परेको चर्चा गर्दै दुई तिहाई प्राप्त यो सरकारले ब्यवस्थित योजनाका साथ युवाहरुको आइडिया माथी लगानी गर्ने प्रतिवद्ध भएको बताए।

विज्ञापन

उद्यमगर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानीगर्नुपर्ने, आइडिया बैंक स्थापनागर्नुपर्ने, बिनोधितो लोन र ब्याजअनुदानको झन्झटीलो प्रक्रियाअन्त्यगर्नुपर्ने, सरकारले युवाउद्यमशीलताको विकासकालागि सञ्चालन गरेकाकार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ।

यस्तै समापन कार्यक्रममा बोल्दै सम्मेलनका मुल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लान माथी सरकार र निजि क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुयाउने बताए।

नेपाल उद्योग बाणीज्य महासंघका उपाध्यक्षएवं आईएमई गु्रपकाअध्यक्षचन्द्र ढकालले नयाँयुवाहरुको सोच माथीलगानी बढाउने र सरकारले उद्यमगर्न चाहने युवालाई सहजिकरण गर्नुपर्नेमा जोड दिए।

उनले उद्यमी बन्न त्यति सहज नभएको उल्लेख गदैं ठुला भन्दा ठुला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उद्यमी बन्ने बताए।

सम्मेलनमापुर्व प्रधानमन्त्रीमाधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्षडा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकर प्रसाद कोइराला,प्रदेश ३ उधोगमन्त्री अरुण नेपाल,पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवाउद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर अनिल केशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेत लगायत ४० भन्दा बढि स्पीकरले आफनो प्रस्तुती दिएको आयोजकले जनाएको छ।

सम्मेलनमाउद्यमगर्न चाहने युवाहरुलाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवाउद्यमशीलता पुस्तकको बिमोचन समेत गरीएको थियो।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्