पत्रकार भैरव रिसालको ९२औं जन्मदिनमा ‘उहिलेको नेपाल’ सार्वजनिक

पत्रकार भैरव रिसालको ९२औं जन्मदिनमा ‘उहिलेको नेपाल’ सार्वजनिक

काठमाडौँ-आफ्नो ९२औँ जन्मदिनको अवसर पारेर वरिष्ठ पत्रकार भैरव रिसालले ‘उहिलेको नेपाल’ पुस्तक सार्वजनिक गरेका छन्।

आफूले जीवनकालमा भोगेको, देखेको र सुनेको विषयवस्तुलाई समेटर रिसालले लेखेको पुस्तक बुधबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेका हुन्।

विज्ञापन

बुक हिल पब्लिकेसनले प्रकाशन गरेको किताबमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।

पुस्तकको पहिलो लेखकका रुपमा ‘जंगबहादुरका उज्याला पाटा’ शीर्षका राणा शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ। दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ।

भक्तपुरको गुण्डुमा वि.स. १९८५ सालमा जन्मिएका रिसालले सुरुमा कम्युनिष्ट पार्टीबाट राजनीति गरे पनि उनी पत्रकारिमा लामो समय जम्म सके। पुस्तक सार्वजनिकका क्रममा उनले पञ्चायतकालीन बन्द समाजमा आफूले सत्यतथ्य जनता समक्ष पुर्याउनका लागेको संघर्ष सुनाएका थिए।

सक्रिय पत्रकारिताबाट विश्राम लिएपछि हुम्लाका पाँच सय ५० घरमा उज्यालो पुर्याउन खेलेको भूमिका, तत्कालीन प्रशासनमा कुमारी चोकको क्राहिमाम्, पञ्चायत कालमा सत्ता राजनीतिका लागि भएका खेलहरुलाई रिसालले पुस्तकमा रोचक शैलीमा प्रस्तुत गरेका छन्।

रिसालले आफ्ना भोगाइलाई जीवन्त बनाउन नियमति डायरी लेख्न सुझाव दिए। पुस्तक सार्वजनिक गर्दैै पूर्वराष्ट्रपति डा. रामवरण यादवले किताबले तत्कालीन नेपाली समाजको चित्रण गरेको उल्लेख गरे। ‘त्यो बेलामा राजनीति कस्तो थियो, सामाजिक, आर्थिक र नेपालीको आर्थिक अवस्था कस्तो थियो कुरा पुस्तकले देखाउँछ, पूर्वराष्ट्रपति यादवले भने।

यादवले रिसाल जस्ता विशिष्ट व्यक्तिका अनुभव र भोगाइलाई राज्यले सदुपयोग गर्दै लिपिबद्ध गर्नुपर्ने उल्लेख गरे।

फरक प्रसंगमा राष्ट्रपति यादवले आफू वर्तमान संविधानबाट देशको समस्याको समाधान होस् भन्ने चाहेको बताए। ‘रिटार्य भएपछि पनि मलाई सबैभन्दा धेरै चिन्ता देशकै छ। यो संविधानले सबै समस्याको समाधान गरोस्। संविधानलाई ट्राकमा राखे मात्र देश ट्र्याकमा हिड्छ, यादवले भने।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्