प्रदेश-१को मुख्यमन्त्री कार्यालयमा ‘आरक्षण बचाऊ आन्दोलन’को धर्ना

फाइल तस्विर

मोरङ-नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ‘एकले आरक्षण बचाऊ’ आन्दोलनका क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश एकमा धर्ना दिएको छ।

चरणवद्ध रुपमा आन्दोलित महासंघले बुधबार करिब २ घण्टा विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएको किराँत यायोख्या नगर कार्यसमिति अध्यक्ष विष्णु राईले जानकारी दिइन्।

स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले गरेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति, महिला, दलित र पछाडि परेका समुदायले ’आरक्षण बचाऔं आन्दोलन’ नाममा चरणबद्ध आन्दोलनमा छन्।

जातिय पोशाकमा उपस्थित भएका आदिवासी जनजातिले विराटनगरको रोडशेष चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म र्‍यालीको समेत आयोजना गरेका थिए।

धर्नामा आदिवासीको रुपमा पहिचान गरिएको विभिन्न जातजातिको सहभागिता रहेको थियो।धर्नामा जातिय संगठनका नेता तथा अगुवाहरुले मन्तव्य राखेका थिए।

सोही विषयमा महासंघ प्रदेश एकका प्रमुख ध्रुव लिम्बूले मंगलबार मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र समेत बुझाएका थिए।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्