कतारमा आक्रमणमा परी एक नेपालीको ज्यान गयो

काठमाडौँ- कतारको राजधानी दोहामा मंगलबार नेपाली नागरिकहरुमाथि सांघातिक हमला हुँदा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन्।

दोहास्थित जैदा पार्कमा नेपालीहरुमाथि सांघातिक हमला भएको हो।

विज्ञापन

दोहास्थित नेपाली दूतावासले घटनाको भोलिपल्ट बुधबार विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो। मृतक सुनसरीका तवरेज अन्सारी भएको पनि दूतावासले जानकारी दिएको छ। उनको शव अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शवगृहमा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ।

घाइतेमध्ये उमर अन्सारी गम्भीर अवस्थामा सोही अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त रहेको पनि दूतावासले जानकारी दिएको छ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्