जम्मू–कश्मीर तनाव

इट्टाको जवाफ पत्थरले दिन तयार छौँ : पाकिस्तानी प्रधानमन्त्री

फाइल फोटो

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रमा सम्बोधन गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावित घोषित गर्नु हिट्लरले नाजीका लागि चालेको कदम जस्तै रहेको बताएका छन् ।

मोदी सरकारले आफ्नो अन्तिम कार्डका रुपमा धारा ३७० निष्प्रभावी घोषित गरेको पाकिस्तानी प्रधानमन्त्री खानले बताएका छन् ।

भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेको आरोप उनले लगाएका छन् । यदी युद्धको अवस्था आएमा पाकिस्तान त्यसका लागि पूर्ण रुपमा तयार रहेको उनले बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएर उनले भने, ‘इट्टाको जवाफ पत्थरले दिनेछौँ ।’

मोदीले अन्तिम कार्डका रुपमा प्रयोग गरेको पछिल्लो कदमले कश्मीर अब स्वतन्त्रता तर्फ उन्मुख भएको पनि पाकिस्तानी प्रधानमन्त्री खानले दाबी गरेका छन् ।

खानले आफ्नो सम्बोधनको क्रममा बारम्बार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को नाम लिँदै हाल भारतमा जे भइरहेको छ त्यो सबै आरएसएसको विचारधाराका कारण भएको उनले बताए ।

आरएसएसको विचारधार हिट्लरको नाजी पार्टीको जस्तै रहेको इमरान खानले आरोप लगाएका छन्।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू