‘टीकापुर सम्मेलन’बारे थारु बाहुल्‍य जिल्लामा र्‍याली र तयारी

दाङ-थरुहट आन्दोलनलाई निर्णायक बनाउन भन्दै आउँदो भदौ ७,८ र ९ गते कैलालीको टिकापुरमा सद्भावको लागि थारु बाहुल्य जिल्लामा टिकापुरमा हुने राष्ट्रिय सम्मेलनमा सहभागीताको तयारी तीब्र पारिएको छ।

दाङमा टिकापुरमा हुने राष्ट्रिय सम्मेलनको तयारीको बारेमा जानकारी दिन देउखुरीमा सद्‍भाव मोटरसाइकल र्‍याली निकाल्ने कार्यक्रम रहेको थरुहट/थारूवान राष्ट्रिय सम्मेलन तयारी समिति देउखुरीका अगुवा प्रकाश चौधरीले जानकारी दिए।

`टिकापुरमा घटना भएपछि अहिलेसम्म त्यहाँ ठूलो कार्यक्रम हुन सकेको छैन। अब त्यहाँ सद्‌भावको लागि राष्ट्रिय सम्मेलन गर्न थालेका हौ´चौधरीले भने-` यो अधिकारको आन्दोलन हो।राज्य पक्षबाट दमन भयो। थरुहट आन्दोलनको स्वरुप निर्धारण गर्न राष्ट्रिय छलफल हो।´टिकापुरमा हुने सम्मेलनमा सत्तापक्ष, प्रतिपक्ष लगायत नागरिक समाजका अगुवालाइ सहभागी गराउने कार्यक्रम छ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बावुराम भट्टराई लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यलाई समेत सहभागी गराउने तयारी छ।

थारु कल्याणकारिणी सभा क्षेत्रीय अध्यक्ष चेतराम चौधरीको अध्यक्षतामा लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी सद्भावस्वरुप मोटरसाइकल र्‍याली  निकाल्‍ने तयारी गरिएको छ।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्