साहित्यकार लक्खीदेवी सुन्दास रहिनन्

सिलिगुडी- भारतको दार्जिलिङमा रहेर लामो समय प्राध्यापन तथा नेपाली साहित्य क्षेत्रमा कलम चलाउने साहित्यकार लक्खीदेवी सुन्दासको निधन भएको छ।

भारतको सिलिगुडीमा उनको ८५ बर्षको उमेरमा निधन भएको सिलिगुडीस्थित नेपाली साहित्यकार सुकराज दियालीले जनाएका छन्।

विज्ञापन

साहित्यकार सुन्दासको बिहीबार दिउँसो १२ बजे निधन भएको उनले जानकारी दिए।

सुन्दासको पार्थिव शरीरलाई शनिवार सिलिगुडीमा अन्तिम संस्कार गरिने दियालीले बताए। शुक्रबार एकदिन श्रद्धाञ्जलिका लागि प्रधाननगरस्थित निवासमा राखिने उनले बताए।

सुन्दास लामो समय दार्जिलिङ सरकारी कलेजकी प्राचार्य थिइन्।

केही समय उत्तर बंगाल विश्वविद्यालयमा पनि उनले प्राध्यापन गरिन्। सन् १९३४ साल मार्च २७ तारिक जन्मेकी सुन्दास दिवंगत साहित्यकार इन्द्रबहादुर राई लगायत साहित्यकारका समकालीन हुन्।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्