पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणमा रवि लामिछाने पक्राउ

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार रवि लामिछाने बिहीबार पक्राउ परेका छन्।

पुडा‍सैनीले आत्महत्याअघिको भिडियोमा आफ्नो मृत्युका लागि दोषी देखाएका रवि लामिछाने प्रहरी नियन्त्रणमा परेका हुन्। पुडासैनीले पोलेका नर्स अस्मिता कार्की र पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्।

 

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्