रवि लामिछानेसहित तिनैजनालाई मध्यराति चितवन पुर्‍याइयो

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

काठमाडौँ – माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन पुर्‍याइएको छ ।

बिहीबार अबेर साँझ पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र बिहान पक्राउ परेकी अस्मिता कार्कीलाई बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको हो ।

विज्ञापन

हाल तिनैजना जिप्रका चितवनको हिरासतमा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि, युवराज र अस्मिताले मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्