रवि लामिछानेको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी

फाइल तस्बिर

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।

चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको बताए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्