रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेश

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

काठमाडौँ – पत्रकार सालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

काठमाडौँबाट बिहीबार दिउँसो पक्राउ परेकी कार्की र अबेर साँझ पक्राउ परेका लामिछाने र कडेँललाई मध्यराति चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई केहीबेर अघि जिल्ला अदालत चितवनमा लगिएको छ ।

रवि लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरु चितवनमा नाराबाजी गरिरहेका छन् ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्