अक्षय कुमारको चलचित्र ‘मिसन मंगल’काे कमाई पहिलो दिन २९ करोड

एजेन्सी– बिहीबारबाट प्रदर्शनमा आएको अक्षय कुमारको मुख्य अभिनय रहेकाे चलचित्र ‘मिसन मंगल’ले पहिलो दिन २९.१६ करोडको कमाई गरेको छ।

‘मिसन मंगल’ अक्षय कुमारको हालसम्मको सबैभन्दा बढी ओपनिङ गर्ने चलचित्र बनेको छ। बिहीबार भारतीय स्वतन्त्रता दिवसको दिन सार्वजनिक विदा भएकाेले पनि चलचित्रले उत्कृष्ट व्यापार गरेकाे हाे।

चलचित्र समिक्षक तथा बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर मिसन मंगलले २९.१६ करोडको व्यापार गरेको जानकारी दिएका छन्।

भारतले प्रक्षपण गरेको मंगलयानको सफलता र इतिहासकाे कथालाई चलचित्रमा उतारिएको छ। जसमा अक्षय कुमार वैज्ञानिक राकेश धवनको भुमिकामा देखिएका छन्।

जगन शक्तिको निर्देशनमा बनेको चलचित्र मिसन मंगलमा अक्षयकुमारका साथै विद्या वालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुलहरी, नित्या मेनन र शरमन जोशीको मुख्य भूमिका रहेको छ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्