अनैतिक क्रियाकलाप गर्ने २८ जोडी पक्राउ

काठमाडौं- विराटनगरका विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आंशकामा ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार खिउजुका अनुसार महानगरपालिका क्षेत्रका विभिन्न होटल तथा लजमा विकृति हुने गरेको जनगुनासो बढेपछि प्रहरीले सक्रियताका साथ शंकास्पद रुपमा भेटिएकालाई पक्राउ गरेको हो।

विज्ञापन

यस क्रममा २७ जना महिला र २९ जना पुरुष पक्राउमा परेको उनले स्पस्ट पारे।उनका अनुसार, शुक्रबार महागनरको बसपार्क, नोबेल मेडिकल शिक्षण अस्पताल, विराट अस्पताल, लाइफलाइन अस्पताल क्षेत्रमा अवस्थित होटल तथा लजबाट जोडी पक्राउ गरिएको हो।

पक्राउका क्रममा होटलका सञ्चालकसहित श्रीमान श्रीमती, अविवाहित युगल जोडी तथा यौन पेशामा लागेका छन्। प्रहरी नायब उपरीक्षक खिउजुले पक्राउ पर्नेमा भारतीय नागरिक समेत रहेको जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुलाई पहिलोपटक सचेतनासंगै कक्षा दिइनेछ। होटल ब्यवसायमा देखिएका विकृतिसंगै अपराध हुने गरेकोमा प्रहरी सचेत रहेको कार्यालयको भनाइ छ। केही होटल सञ्चालकले विना परिचयपत्र लज बुक गर्ने गरेको प्रहरीको भनाइ छ। हाल उनीहरुलाई अनुसन्धानका लागि कार्यालयमा राखिएको छ।

अर्कोतर्फ प्रो पब्लिकका अध्यक्ष उत्तम ढुंगेलले भ्रमण वर्ष मनाइरहदाँ एकाएक होटल लजमा छापा मार्दा त्यसको नकारात्मक संदेश जाने बताउँछन्।अपराध हुने र गर्नेलाई कार्वाही गर्नुपर्ने बताउने ढुंगेलले होटल व्‍यवसायलाई व्‍यवस्थित गर्न तर्फ सचेतनामूलक कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए।

त्यसैगरी केही होटल ब्यवसायी भने प्रहरीले समयसमयमा छापा मार्दा ब्यवसाय नै हतोत्साही हुने गरेको बताउँछन्।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू