राष्ट्रिय नाँचघरमा सुरु भयो कलाकारहरुको हास्‍यव्‍यंग्य ‘गाइजात्रा महोत्सव’

काठमाडौं-गाईजात्राको अवसरमा साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा शुक्रबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा ‘गाईजात्रा महोत्सव, २०७६’ सुरु भएको छ।

देशको समसामयिक राजनीतिक, सुशासन, भ्रष्टाचारको बारेमा हास्य व्‍यंग्यको माध्‍यमबाट झटारो हान्‍न ‘गाइजात्रा महोत्सव, २०७६ सुरु भएको नाचघरका नवनियुक्त महाप्रबन्धक प्रभाकर देव शर्माले बताए।

विज्ञापन

उनका अनुसार गाईजात्रा कार्यक्रम साउन ३१ गते शुक्रबार विहान ११ बजे, साउन ३२ गते शनिबार दिउँसो दुई बजे र बेलुकी पाँच बजेदेखि हुनेछ भने भदौ ३ गते बेलुकी पाँच बजे सुरु हुनेछ।

यस पटकको गाइजात्रा कार्यक्रम कलाकारहरु दमन रुपाखेती, विष्णु सापकोटा, लक्ष्मण गाम्नांगे, कमल गाउले, मञ्‍जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्‍याम गौतम सन्तोष खनाल रहेका छन्।

यसैगरी पुष्पराज अवस्थी, शशी थापा, राजन थापा, सुशीला निरौला लगायतका हास्‍य कलाकारहरुले आफ्नो कलाकारितामार्फत देशको वर्तमान बेथितिहरु प्रस्तुत गर्नेछन्।

गाइजात्राको टिकट रु.२००, ३०० र ५०० रहेको छ।

 

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्