प्रदेश सरकार र ६ संस्थाबीच सम्झौता

तीन वर्षभित्र ४२ हजार युवालाई रोजगारी दिने प्रदेश-२ सरकारको तयारी

जनकपुरधाम- प्रदेश २का मुख्‍य मुख्यमन्त्री मुख्यमन्त्री लालबाबु राउतले अबको तीन वर्षभित्र करीब ४२ हजार युवाहरुले रोजगारी पाउने दावी गरेका छन।

शुक्रबार प्रदेश सरकार पहिलो चरणमा बिभिन्न ६ वटा संस्थासँग बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता कार्यक्रममा बोल्‍दै उनले सो कुरा बताएका हुन।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

उनले भने, ‘प्रदेश २ को ४२ हजार युवाहरु अब प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्ष भित्र रोजगारी पाउँछन्। आज एक कार्यक्रमका बिच प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाबिच उक्त सम्झौता गरेका छौं।’

उनले प्रदेश २ मा सबैभन्दा बढी बेरोजगारीको समस्या रहेकोले बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्ने लक्ष्य अनुरुप प्रदेश सरकार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने र स्वरोजगार बनाउने सम्झौता गरेको बताए। उनले भने, ‘यो वैदेशिक रोजगारीमा जाने युवा तथा गरिव, दलित, महिलालाई लक्षित गरि सञ्‍चालन गरिनेछ।’

उनले एक वर्षको प्रयास पछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडी बढेको उल्लेख गर्दै यस कार्यमा सघाउने डिफिड लगायत साझेदार संस्थाहरुलाई धन्यवाद दिएका छन्।

सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

त्यस्तै नेपाल एसबीआई बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार सात सय पचास युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ। वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवाहरुलाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइनेछ।

केहि महिना पहिला सार्वजनिक केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार नेपाल श्रमशक्ति सर्वेक्षण २०७४-७५ को प्रतिवेदनअनुसार नेपालको कुल बेरोजगारी दर ११.६ प्रतिशत रहेको छ भने प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको छ। जसमा पुरुषको १५.३ र महिला २८.६ प्रतिशत बेरोजगारी दर रहेको छ। यहाँको शहरी क्षेत्रमा २०.४, ग्रामीण क्षेत्रका १९.४ प्रतिशत बेरोजगार छन्।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्