जोन अब्राहमको ‘बाटला हाउस’ले गर्‍याे पहिलाे दिन १४ कराेडकाे व्यापार

एजेन्सी– बलिउड अभिनेता जोन अब्राहमको मुख्य अभिनय रहेको चलचित्र ‘बाटला हाउस’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ।

भारतीय स्वतन्त्रता दिवसको दिन बिहीबारदेखि प्रर्दशनमा आएको चलचित्रले पहिलो दिन १४.५९ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

विज्ञापन

अक्षय कुमारकाे ‘मिसन मंगल’ पनि बिहीबारदेखि नै प्रदर्शनमा आएकाे हुँदा व्यापारमा केही असर परेकाे छ। यद्यपी समिक्षकहरुले चलचित्रकाे तारिफ गरेका छन्।

‘बाटला हाउस’ जोन अब्राहमको हालसम्मकाे  सबै भन्दा राम्राे ओपनिङ गर्ने चलचित्र बनेको छ।

निखिल आडवाणीकाे निर्देशन तथा जोन अब्राहम र मृणाल ठाकुरको मुख्य अभिनय रहेको चलिचत्र सन् २००८ मा दिल्लीको जामिया नगर इलाकामा भएको बाटला हाउस इन्काउण्टरकाे कथामा आधारित छ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्