दाङ– दाङको लमहीमा पहिलो पटक गाईजात्रा निकालिएको छ। काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा नेवार समुदायद्वारा दिवंगत आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गरिन्छ।

जिल्लाको सदरमुकाममा पहिले पनि गाईजात्रा मनाईदै आएको भएता पनि लमहीमा रहेका नेवार समुदायले आफ्नो परम्पराको निरन्तरता स्वरुप पहिलो पटक गाईजात्रा मनाएका हुन्।

नेवारी स‌ंस्कृतिको रक्षा गर्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न गाईजात्रा निकालिएको नेवा सेवा समिति लमहीका अध्यक्ष दिलकुमार श्रेष्ठले बताए।