सुरु भयो स्पेनिस ला लिगा फुटबल

बार्सिलोना सिजनको पहिलो खेलमै स्तब्ध, ८९ औँ मिनेटमा ३८ वर्षे खेलाडीको गोल

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरु भएको छ र साबिक विजेता बार्सिलोनाले खराब सुरुवात गरेको छ।

ला लिगा फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको हो । सिजनको पहिलो खेलमा साबिक विजेता बार्सिलोना तुलनात्मक रुपमा कमजोर मानिएको टिम एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमो एथ्लेटिको बिल्बाओले ८९ औँ मिनेटमा विजयी गोल गरेको हो । उसका लागि ३८ वर्षे खेलाडी एरिट्ज अडुरिजले गोल गरेका हुन् ।

साबिक विजेता बार्सिलोनाले निकै मन्द गतिको खेल प्रस्तुत गरेको हो । लुइस स्वारेज र राफिन्हाले वुडवर्क प्रहार गरे । बार्सिलोनाको टिममा यहि सिजन आएका एन्टोनी ग्रिजम्यान रहे पनि उनले आफ्नो प्रभाव कायम गर्न सकेनन् ।

स्वारेज चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए । काल्फ इन्जुरीका कारण लियोनल मेस्सी बिना खेलेको बार्सिलोना सिजनको पहिलो खेलमै निराश बनेको हो । यस्तै बार्यन म्युनिख लोनमा जाने तयारी रहेको भनिएका फिलिप कोन्टिन्हो पनि खेलमा थिएनन् ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्