आज पनि केही स्थानमा भारी वर्षाको अनुमान

काठमाडौँ – देशका धेरैजसो स्थानहरुमा शनिबार दिउँसो आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षा भइरहेको छ ।

देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानहरूमा दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्