स्वयम्भू यात्रा

अशान्त देश, ‘चवालीस’ चैत्य, बुद्ध हराए

मन्जुपतन
यही शहर हो त?
गिट्टि बँगैचा !

चैत्यमा आँखा
दृष्टिहराएको को ?
नेपाली चिनो।

विज्ञापन

अनन्त: बुद्ध
अशान्त मान्छेहरू
‘मैत्रेय’ खोज्छु ।

अशान्त देश
‘चवालीस’ चैत्य
बुद्ध हराए।

जामाचो हेर्छ
विपस्वीको आँखाले
भ्रमित मान्छे।

शून्यताभित्र
प्रज्ञा प्रतीक देखेँ
त्यही वज्र हो।

करूणा केही
बाँकी छ मानिसमा?
घण्टमा हेर्नू।

ध्यानमा मग्न
हे शान्तिकराचार्य
अनन्त: बाँच ।

अर्धमूदित ?
समस्या र उपाय
ध्यानमा खोज्दै ।

बच्चा हराए
यतै छ कि यक्षिणी
माता बताऊ।

लुङ्ता सजिँदा
पञ्चतत्व स्मरण
स्वयम्भू हाँस्यो।

स्वयम्भू, काठमाण्डौं।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्